Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी


    आइतबार, फाल्गुन १४ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रिय संयोजकमा सुजित केसीलाई सर्वसम्मत चयन भएका छन ।काठमाडौंमा फागुन १३ र १४ गते आयोजित संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रिय संयोजकको रूपमा काठमाडौंका केसीलाई सर्वसम्मत चयन गरेको हो ।

    संगठनको महाधिवेशन सम्पन्न गर्ने गरी अधिवक्ता समेत रहेका केसीलाई नेतृत्वको रूपमा चयन गरिएको हो । संगठनको केन्द्रिय पदाधिकारीमा रहेर केसीले ९ वर्ष काम गरिसकेका छन् ।

    केसी राजनीति शास्त्र, कानुन तथा समाज शास्त्रमा स्नातकोत्तर अध्यनरत हुन भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनैतिक विषयमा विधाबारिधी अध्यनरत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार