Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दिप लामिछानेको मुद्धा सर्वोच्चको बन्द इजालासमा अझै जारी


    आइतबार, फाल्गुन १४ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । किशोरी बलात्कार गरेको आरोपमा लागेका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ बन्द इजलासमा भइरहेको छ ।

    लामिछानेलाई २०लाख धरौटीमा छाड्ने उच्च अदालत, पाटनको को आदेशविरुद्ध सरकारले दिएको निवेदन तथा लामिछानेले विदेश जान पाउनु पर्ने भन्दै दिएको निवेदन माथी सर्वोच्च अदालतको सुनुवाइ बन्द इजलासमा भईरहेको हो ।

    सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुवै रिट निवेदनको सुनुवाइ भइरहेको छ । इजलासले सुरुमा नै उक्त रिट निवेदन बन्द इजलासमा गर्ने आदेश दिएको र सोहीअनुसार बन्द इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ ।

    बलात्कार तथा लैंगिक हिंसालगायत मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न सकिने कानुनी व्यवस्था छ । बन्द इजलासमा दुवै पक्षका वकिलको मात्रै उपस्थिति छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार