Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • विप्लवका कार्यकर्तले भोलि काठमाडौँमा प्रदर्शन गर्दै


    आइतबार, फाल्गुन १४ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि सोमबार माइतीघर मण्डलामा विरोध र्याली निकाल्ने भएको छ । बैंक तथा वित्तिय संस्था र मीटरब्याजीविरुद्ध आन्दोलन गरिरहेको उक्त पार्टीले भोलि माइतीघर मण्डलामा विरोध र्याली निकाल्ने भएको हो ।

    सो पार्टीका विभिन्न जनवर्गीय संगठनहरु भोलि बिहान ११ बजेदेखि संयुक्तरुपमा आन्दोलनमा उत्रिने भएका हुन् । माइतीघरबाट र्याली निकालेर नयाँ बानेश्वरमा कोणसभा गर्ने जनाइएको छ ।

    यसैगरी वित्तिय संस्थाको चर्को ब्याजदर र सुदखोरहरुको आतंकविरुद्ध विप्लव समूहले केही समययता लगातार प्रदर्शन गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार