विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश १ मा सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ।
संघीय सरकार र प्रदेश सरकारबाट अलग भएर समर्थन फिर्ता लिने निर्णय पार्टीले गरेको थियो। तर प्रदेश १ सरकारबाट तत्काल अलग नहुने राप्रपाका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजीनामा दिइसकेका छन्।
प्रदेश १ सरकारबाट भने अहिले अलग हुने निर्णय नभएको र त्यसबारे केन्द्रले पनि निर्देशन नदिएको मन्त्री सिटौलाले जानकारी दिए।
पार्टीको प्रदेश कमिटीको बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय हुने उनले बताए।
झापा क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित सिटौला प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा राप्रपाबाट मन्त्री छन्। प्रदेश १ प्रदेशसभामा एमालेका ३९ र राप्रपाका ६ सांसद छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend