विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश १ मा सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ।
संघीय सरकार र प्रदेश सरकारबाट अलग भएर समर्थन फिर्ता लिने निर्णय पार्टीले गरेको थियो। तर प्रदेश १ सरकारबाट तत्काल अलग नहुने राप्रपाका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजीनामा दिइसकेका छन्।
प्रदेश १ सरकारबाट भने अहिले अलग हुने निर्णय नभएको र त्यसबारे केन्द्रले पनि निर्देशन नदिएको मन्त्री सिटौलाले जानकारी दिए।
पार्टीको प्रदेश कमिटीको बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय हुने उनले बताए।
झापा क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित सिटौला प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा राप्रपाबाट मन्त्री छन्। प्रदेश १ प्रदेशसभामा एमालेका ३९ र राप्रपाका ६ सांसद छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend