काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान) को वार्षिक साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा आज आइतबार देखि सुरु हुँदैछ । पोखरामा गत माघमा बसेको क्यानको बोर्ड बैठकले साधारण सभा सुर्खेतमा फागुन १४ र १५ गते गर्ने निर्णय गरेको थियो ।
क्यानको साधारणसभामा सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्ने लगायतका विभिन्न आठ एजेन्डामा छलफल हुनेछ । साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, २१ प्रदेश प्रतिनिधि, १७ केन्द्रीय सदस्य, ३ पर्यवेक्षक, अम्पायर र प्रशिक्षक गरी ८७ जना सहभागी हुने क्यानले जनाएको छ ।
उक्त साधारणसभाको उद्घाटन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गर्ने छन् । क्यानले आफ्नो साधारण सभा काठमाडौँ बाहिर गर्ने गरेको थियो । त्यसैअनुसार यो पटक कर्णालीमा गर्ने भएको हो ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend