काठमाडौं । निरन्तर सहयोग गर्दै आएको अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ। युक्रेनमाथी रुसले आक्रमण गरेको वार्षिकीको दिन अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरको नयाँ सैन्य सहायतागर्ने घोषणा गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले जानकारी दिए ।
गत साता अप्रत्यासित रुपमा अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेन पुगेका थिए, त्यसको केही दिनमा अमेरिकाले सो घोषणा गरेको हो ।
‘सयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ, सुलिभानले सीएनएनसँग भने । यद्यपि उनले प्याकेजमा प्रदान गरिने सहायता र हतियारको विवरण भने दिन चाहेनन ।
यसै साताको प्रारम्भमा किभ पुगेका अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनको विजयका निम्ति आवश्यक सहयोग उपलव्ध गराउने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसमक्ष प्रतिबद्धता जनाए थिए।
अमेरिकाले प्रदान गर्ने यो सहयोग यसअघि गरिएको सैन्य सहायताको निरन्तरता नभएको जनाएको छ ।
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend