Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत कर्मचारी संगठनको भौतिक पूर्वाधार बिभागीय समिति गठन


    शनिबार, फाल्गुन १३ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बिभागीय कार्यसमिति गठन भएको छ । संगठनको आयोजक कमिटीले आयोजना गरेको भेलाले बिभागीय कार्यसमिति गठन गरेको हो ।

    संगठनका उपत्यका बिशेष प्रदेश संयोजक हरिकाजी राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले धनदेव जोशीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ भने आसन्न राष्ट्रिय अधिबेशनका लागि केन्द्रिय प्रतिनिधि समेत चयन गरेको छ । यसका लागि संगठनका केन्द्रीय आर्थिक बिभाग प्रमुख दिनेश लम्सालको संयोजकत्वमा केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार इन्चार्ज धनबहादुर बुढा (डिबी) र केन्द्रीय सदस्य हरिहर गौतम सदस्य रहेको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको थियो ।

    उक्त कार्यक्रममा हरिकाजी राई , दिनेश लम्साल र धनबहादुर बुढाले शुभकामना र संगठन निर्माण सम्बन्धी समसामयिक मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा आर्थिक बिभाग प्रमुख दिनेश लम्सालले सरकार ट्रेड युनियनप्रति सकारात्मकरूपमा प्रस्तुत हुन नसकेको सन्दर्भमा सदा चनाखो बन्दै जनताको सेवालाई प्राथमिकतामा राख्दै सौदावाजी गर्दै जानुपर्ने बताउनुभयो । लम्सालले सरकारको धारणामा परिवर्तन ल्याउने गरी ट्रेड युनियन गतिबिधिमा लाग्न अनुरोध गर्नुभएको थियो । ट्रेड युनियनमा आबद्ध भएकै कारण आउने धम्की र दुःख दिने नियतबाट नडराउन र समयमै जानकारी गराउन समेत उहाँले आग्रह गर्नुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार