काठमाडौं । दोस्रो भक्तपुर कप–२०७९ हिलिङ होम एफसीले जितेको छ । हिलिङ होम एफसी र केदारनाथ सुटर्सबीच शनिबार भएको फाइनलमा ५—४ गोलले हिलिङ होम एफसी विजेता बनेको हो ।
निर्धारित समयसम्म दुवै टीमले दुई दुई गोल गरी खेल बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुट आउटमा हिलिङ होम एफसीले तीन गोल गर्न सफल भई विजय हात पारेको थियो । भक्तपुर युवा टीमको आयोजनामा भएको फाइनल खेलमा पहिलो गोल विजेता हिलिङ होम देवराज तामाङले गरेका थिए ।
खेल सुरु भएको सातौ मिनेटमै गोल गरेकामा जवाफी गोल पराजित केदारनाथ सुटर्सले खेल सुरु भएको ३४ औं मिनेटमा फर्काएका थियाे । सुदर्शन श्रेष्ठले गोल फकाई खेललाई बराबरीमा ल्याउन सफल भएको थियो ।
खेलको ४३ औ. मिनेटमा विजेता हिलिङ होम एफसीका देवराज तामाङले दोश्रो गोल गरी टीमलाई अगाडि वढाएका थिए । जवाफी गोल खेलको ६६ औ मिनेटमा पराजित केदारनाथ सुटर्सका सतिश सुवालले गरेपछि खेल बराबरीमा टुंगियाे ।
प्रतियोगितामा विजयी हुन सफल हिलिङ होम एफसीले नगद पुरस्कार एक लाख २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाए भने दोश्रो हुन सफल केदारनाथ सुटर्सले नगद ६० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंलगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend