Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • दुर्गा प्रसाईंलाई एमालेले पार्टीबाट निकाल्यो


    शनिबार, फाल्गुन १३ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेले केन्द्रीय सदस्य समेत रहेका दुर्गा प्रसाईंलाई पार्टीबाट निकालेको छ।

    आज शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

    उक्त बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनलाई पार्टीबाट निकाल्ने निर्णय भएको दाबी गरे ।

    पछिल्लो समय उनी नागरिक बचाउ अभियानमा लागेका थिए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सार्वजनिक रूपमा टिप्पणी गरेका थिए। साथै,प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिलेर विभिन्न अभियानको घोषणा गरेपछि एमालेले उनलाई पार्टीबाट निष्कासन गरेको हो । मेडिकल व्यवसायी समेत रहेका प्रसाईं कहिले माओवादी त कहिले एमाले निकटका रूपमा परिचित देखिन्थे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार