Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति उम्मेदवारी दर्ता गराउन हिडेका रामचन्द्र पौडेल भन्छन्- ‘संविधानको रक्षा गर्ने चुनौती आयाे’


    शनिबार, फाल्गुन १३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णयगरेपछि पौडेलले आफ्नो प्रमुख कार्यभार संविधानको रक्षा गर्नु रहेको बताएका छन् ।

    आज शनिबार बिहान बसेको कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय भए लगत्तै राष्ट्रपतिका उम्मेदवार पौडेलले सो प्रतिक्रिया दिएका हुन ।

    ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उनले बैठक पछि भने, ‘सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु,’ उनले संक्षिप्त प्रतिक्रिया दिदै भने । उनी आफनो उम्मेदवार दर्ता गराउनका लागि सानेपाबाट हिडेका छन ।

    साथै उनले आफुले ७० वर्ष लडेर प्राप्त गरेको व्यवस्थामाथि खेलवाड गर्ने स्वार्थी प्रयासबाट सबै नेपाली सजग हुनुपर्ने पनि बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार