Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटार बैठक : कांग्रेसलाई राष्ट्रपति दिने सहमति


    शुक्रबार, फाल्गुन १२ २०७९
    2.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलगायत दलका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति भएको हो ।

    कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन । कांग्रेसले भोलि बिहान बैठक बोलाएर कसलाई राष्ट्रपति बनाउने भन्नेबारेमा निर्णय गर्ने बताइएको छ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् ।

    बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार