Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा चार दलका शीर्ष नेताको बैठक जारी


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै पुरानो गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । बिहान बसेको कांग्रेस, माओवादी, जसपा र नेकपा एसको शीर्ष नेताहरूको बैठकले पुरानो गठबन्धन ब्यूँताउने सहमति गरेको थियो । त्यही विषयलाई मूर्तरूप दिनको लागि अहिले बैठक बसेको हो ।

    बैठकमा माओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल सहभागि छन् ।

    अहिलेको बैठकले राष्ट्रपतिबाट ठोस निर्णय गरेर एकैठाउँमा उभिने निर्णय गर्ने कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार