Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ सुरु


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाइ हुँदैछ।

    लामिछानेले विदेश जान लगाएको रोक हटाउन माग गर्दै हालेको उक्त निवेदनबारे सर्वोच्च अदालतमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो ।

    उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा छाड्न आदेश दिँदा उपत्यका छाड्न नपाइने लगायतका शर्त राखेको थियो । त्यही कारण लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई जान नपाउने भएपछि सन्दीप विदेश जान लगाएको रोक हटाउन माग गर्दै सर्वोच्च गएका थिए ।

    सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पुनरावेदन दिएको थियो । यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो । तर यो रिट भने शुक्रबार हेर्न नभ्याइनेमा परेको छ ।

    साथै आइसीसी विश्वकप क्रिकेट लिग २ को अन्तर्गत युएई र पीएनजीविरुद्धको एकदिवसीय खेल खेल्न शनिबार यूएई जाने कार्यतालिका रहेको छ। अदालतले आदेश दिएको खण्डमा मात्र लामिछाने विदेश जान पाउने छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार