काठमाडौं। नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाइ हुँदैछ।
लामिछानेले विदेश जान लगाएको रोक हटाउन माग गर्दै हालेको उक्त निवेदनबारे सर्वोच्च अदालतमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो ।
उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा छाड्न आदेश दिँदा उपत्यका छाड्न नपाइने लगायतका शर्त राखेको थियो । त्यही कारण लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई जान नपाउने भएपछि सन्दीप विदेश जान लगाएको रोक हटाउन माग गर्दै सर्वोच्च गएका थिए ।
सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पुनरावेदन दिएको थियो । यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो । तर यो रिट भने शुक्रबार हेर्न नभ्याइनेमा परेको छ ।
साथै आइसीसी विश्वकप क्रिकेट लिग २ को अन्तर्गत युएई र पीएनजीविरुद्धको एकदिवसीय खेल खेल्न शनिबार यूएई जाने कार्यतालिका रहेको छ। अदालतले आदेश दिएको खण्डमा मात्र लामिछाने विदेश जान पाउने छन्।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend