Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले भने- भोलि एमालेले राष्ट्रपति उम्मेदवार उठाउँछ


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत पुस १० मै राष्ट्रपति उम्मेदवारमा सहमति भइसकेको बताउँदै भोलि शनिबार आफ्नो पार्टीले राष्ट्रपतिको उम्मेदवारमा मनोनयन दिने बताएका छन्।

    आजको प्रतिनिधिसभा बैठकपछि उनले पार्टीले उमेदवार उठाउने दाबी गरेका हुन् ।

    “भोलि एमालेले उमेदवार उठाउँछ, मनोनयन दर्ता हुन्छ । अरू घटनाक्रम थाहा छैन,” संसदबाट बाहिरिँदै ओलीले भने ।

    राष्ट्रपतिको उमेदवारी मनोनय भोलि हुँदै छ ।

    साथै उनले आफ्नै चिरपरिचित शैलीमा भने- ‘भोलि एमालेले उम्मेदवारी मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का, अन्य कहाँ के भइरहेको छ, मलाई थाहा छैन्।’

    ओलीले त्यसो भने पनि एमालेले राष्ट्रपति पदमा आफ्नो उम्मेदवार निश्चित गरिसकेको छैन।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार