Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोदीले दिए पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनावश्यक कुरा बोल्नुभन्दा आफ्नो हैसियतमा बस्न तथा आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्।

    आज शुक्रवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको फोनिज युके ‘पत्रकारिता सम्मान’ तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई ठीक्क बोल्न र आफ्नै ठाउँमा बस्न चेतावनी दिएका हुन्।

    मन्त्री मोदीले एकाध हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले ‘म नै राजा हुँ’ भन्ने सोचिरहेको भन्दै त्यस्तो नसोच्न पनि सुझाव दिए । देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै उनले कसैले भन्दैमा देश पश्चगमनतर्फ नफर्कने बताए ।

    मन्त्री मोदीले पूर्वराजा शाहलाई आफूहरूले सम्मानपूर्वक नै ठीक ठाउँमा राखेको भन्दै त्यहाँबाट कतै नजर लगाउने काम नगर्न चेतावनी पनि दिए । दलहरूले देशलाई ठीक दिशा दिइरहेको भन्दै उनले दलहरूको विरोध नगर्न र जनतालाई नभड्काउन समेत खबरदारी गरे ।‘

    एक, दुई हजार मान्छे जम्मा हुँदैमा फेरि पनि म हुँ भन्ने सोच हो भने त्यो पूरा हुँदैन’ उनले भने –‘देशमा गणतन्त्र आइसकेपछि जनताको छोरा राष्ट्रपति हुने हो राजा हुने होइन।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार