काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनावश्यक कुरा बोल्नुभन्दा आफ्नो हैसियतमा बस्न तथा आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्।
आज शुक्रवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको फोनिज युके ‘पत्रकारिता सम्मान’ तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई ठीक्क बोल्न र आफ्नै ठाउँमा बस्न चेतावनी दिएका हुन्।
मन्त्री मोदीले एकाध हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले ‘म नै राजा हुँ’ भन्ने सोचिरहेको भन्दै त्यस्तो नसोच्न पनि सुझाव दिए । देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै उनले कसैले भन्दैमा देश पश्चगमनतर्फ नफर्कने बताए ।
मन्त्री मोदीले पूर्वराजा शाहलाई आफूहरूले सम्मानपूर्वक नै ठीक ठाउँमा राखेको भन्दै त्यहाँबाट कतै नजर लगाउने काम नगर्न चेतावनी पनि दिए । दलहरूले देशलाई ठीक दिशा दिइरहेको भन्दै उनले दलहरूको विरोध नगर्न र जनतालाई नभड्काउन समेत खबरदारी गरे ।‘
एक, दुई हजार मान्छे जम्मा हुँदैमा फेरि पनि म हुँ भन्ने सोच हो भने त्यो पूरा हुँदैन’ उनले भने –‘देशमा गणतन्त्र आइसकेपछि जनताको छोरा राष्ट्रपति हुने हो राजा हुने होइन।’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend