Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार दलका शीर्ष नेताहरुको बालुवाटार बैठक सकियो, राष्ट्रपतिबारे बेलुका ५ बजेपछि निर्णय गर्ने


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

    आउँदै गरेको राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको नेताहरुले दाबी गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच आज शुक्रबार विहानदेखि बालुवाटारमा छलफल भएको थियो ।

    उक्त बैठकमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विभिन्न विकल्पबारे छलफल भएको बताए । आ-आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने भन्दै उनले भने, ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार