Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कपिलवस्तुमा एक वृद्धको हत्या, छोराबुहारी पक्राउ


    बिहिबार, फाल्गुन ११ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कपिलवस्तुमा छोराबुहारी मिलेर वृद्धको हत्या गरेका छन् । आज शिवराज नगरपालिका-१० शितलापुरका ६४ वर्षका मगरे पासीको हत्या आरोपमा उनकै छोरा माङ्तीराम पासी र बुहारी मिमा पासीलाई प्रहरीले पक्राउ गरेको हो ।

    ती वृद्ध बुधबार उनी सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। सो खबर पाएपछि पुगेको वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले शव शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरेको थियो ।

    बाँया आँखामा निलडाम, नाकबाट रगत बगेको, कानमा चोट लागेको देखिएपछि अनुसन्धान गर्दा छोरा बुहारीले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार