काठमाडौँ । काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारणसभा तथा नवौं अधिवेशन यही फागुन १४ गते हुने भएको छ । यो अधिवेशनले संघको नयाँ नेतृत्व पनि चयन गर्नेछ । संघको अध्यक्षमा कृष्णप्रसाद गौतमले उम्मेदवारी घोषणा गरेका छन्न् ।
संघको आगामी नेतृत्वका लागि गौतमले अध्यक्षसहित प्यानलै घोषणा गरेका छन् । अध्यक्ष गौतमले बानेश्वरको एक होटलमा आफ्नो प्यानलको उम्मेदवारीको घोषणा गरेका हुन् ।
संघको निवर्तमान अध्यक्ष रहेका गौतमले थप एक कार्यकालका लागि आफूले काम गर्ने मौका पाएमा निर्माण ब्यवसायीको पक्षमा धेरै कामहरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा नीति नियमका कारण निर्माण व्यवसायीको पेशा धराशायी भएको बताउँदै यसका लागि निर्माण व्यवसायीहरूको सुझाव अनुसार काम गर्ने प्रष्ट पारेका छन् । उनले ब्यवसायीको पक्षमा काम गर्ने बताए ।
गौतमको समूहबाट वरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्धितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ(विजय), उपमहासचिव (नीतिगत) अर्जुन मर्हजन रहेका छन् ।
त्यस्तै, उपमहासचिव (आन्तरिक) राजन गौतम, कोषाध्यक्ष मनोज श्रेष्ठ र सह–कोषाध्यक्ष राजन श्रेष्ठ घोषणा गरेका छन् ।
गौतमको समूहका सदस्यहरू पछि घोषणा गर्ने बताइएको छ । उपत्यका निर्माण व्यवसायी संघमा करिब १ हजार ५ सय सदस्य रहेका छन् । संघको कार्यकाल तीन वर्षको हुने ब्यवस्था छ ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend