Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • उपत्यका निर्माण व्यवसायी संघको अधिवेशनः गौतमद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा


    बिहिबार, फाल्गुन ११ २०७९
    3.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारणसभा तथा नवौं अधिवेशन यही फागुन १४ गते हुने भएको छ । यो अधिवेशनले संघको नयाँ नेतृत्व पनि चयन गर्नेछ । संघको अध्यक्षमा कृष्णप्रसाद गौतमले उम्मेदवारी घोषणा गरेका छन्न् ।

    संघको आगामी नेतृत्वका लागि गौतमले अध्यक्षसहित प्यानलै घोषणा गरेका छन् । अध्यक्ष गौतमले बानेश्वरको एक होटलमा आफ्नो प्यानलको उम्मेदवारीको घोषणा गरेका हुन् ।

    संघको निवर्तमान अध्यक्ष रहेका गौतमले थप एक कार्यकालका लागि आफूले काम गर्ने मौका पाएमा निर्माण ब्यवसायीको पक्षमा धेरै कामहरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

    निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा नीति नियमका कारण निर्माण व्यवसायीको पेशा धराशायी भएको बताउँदै यसका लागि निर्माण व्यवसायीहरूको सुझाव अनुसार काम गर्ने प्रष्ट पारेका छन् । उनले ब्यवसायीको पक्षमा काम गर्ने बताए ।

    गौतमको समूहबाट वरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्धितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ(विजय), उपमहासचिव (नीतिगत) अर्जुन मर्हजन रहेका छन् ।
    त्यस्तै, उपमहासचिव (आन्तरिक) राजन गौतम, कोषाध्यक्ष मनोज श्रेष्ठ र सह–कोषाध्यक्ष राजन श्रेष्ठ घोषणा गरेका छन् ।

    गौतमको समूहका सदस्यहरू पछि घोषणा गर्ने बताइएको छ । उपत्यका निर्माण व्यवसायी संघमा करिब १ हजार ५ सय सदस्य रहेका छन् । संघको कार्यकाल तीन वर्षको हुने ब्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार