Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • राष्ट्रपतिबारे छलफल गर्न तीन दलको बैठक सिंहदरबारमा जारी


    बिहिबार, फाल्गुन ११ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपतिका विषयमा छलफल गर्न तीन दलको बैठक सुरु भएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक सिंहदरबारमा चलिरहेको छ ।

    बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी छन् ।

    यस्तै जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट भने अध्यक्ष माधवकुमार नेपाल, प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार