Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु


    बिहिबार, फाल्गुन ११ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहीबारबाट केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसीको उद्घाटन गरेका छन् ।

    प्रतियोगिताको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने र फाइनल खेल दशरथ रंगशालामा हुने युवा संघले जनाएको छ ।

    १७ फागुनसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ ।

    प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार