Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • स्पट फिक्सिङ मुद्दाका तीनै जनालाई जनही तीन लाख धरौटीमा छाड्न आदेश


    बुधबार, फाल्गुन १० २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्पट फिक्सिङ मुद्दाका तिनै जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ । आज भएको थुनछेक बहसपछि अदालतले महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई जनही तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

    उनीहरुलाई न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो । स्पट फिक्सिङमा पाँच जनालाई प्रतिवादी बनाइए पनि २ जना फरार रहेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएको थियो । तर, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपालीलाई मात्र मुद्दा दर्ता गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार