काठमाडौं । मधेस प्रदेश सरकारका मुख्यमन्त्रीलाई सहयोग गर्न जनता समाजवादी पार्टी (जसपा) ले पूर्व मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ। पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत अनुसार सरकारलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरिएको हो ।
सो समितिमा गोविन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन भने मुख्यमन्त्री सरोजकुमार यादवले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।
समितिले पार्टीको निर्देशनअनुसार मुख्यमन्त्रीलाई समयसमयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने काम गर्ने छ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न जसपाले मातहत समितिलाई बुधबार परिपत्र पनि गरेको छ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend