जनकपुर । मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका प्रदेशमा स्थायी बसोबास रहेका सहिदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका सहिदहरूप्रति मधेस सरकारद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने घोषणा गरिएको छ ।
बैठकले आन्दोलनका क्रममा घाइते हुनुभएकाहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको प्रभावकारी उपचार प्रबन्ध मिलाउनुपर्ने निर्णय गरेकोे छ ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई सरकारी तथा निजी सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र क्षतिको घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाउनुपर्ने जेनजी पुस्ताले अघि सारेका मागको समाधान वर्तमान संविधानकै दायराभित्र रहेर खोजिनुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।(रासस)
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend