Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भण्डारी आज बागलुङ जाँदै


    बुधबार, फाल्गुन १० २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारी आज बुधबार बागलुङ र पर्वतको भ्रमणमा जाने तयारी गरेकि छन् । राष्ट्रपति भण्डारी बागलुङ कालिका भगवतीको दर्शनका लागि आज बागलुङ जान लागेको उनका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए ।

    राष्ट्रपति भण्डारीले मन्दिर दर्शन गर्ने तालिका रहेको अधिकारीले बताए । उनका अनुसार बागलुङ नगरपालिका –२ मा अवस्थित कालिका भगवतीको दर्शनका लागि राष्ट्रपति भण्डारी केही बेरमा त्यता लाग्नेछिन् ।

    बागलुङको भ्रमणपछि राष्ट्रपति भण्डारी आजै पर्वत जानेछिन् । राष्ट्रपति भण्डारीले जलजला गाउँपालिका २ मा रहेको कुल मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको अधिकारीले बताए । त्यसपछि राष्ट्रपति भण्डारी आजै काठमाडौं फर्किने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार