काठमाडौं । राष्ट्रिय जनमोर्चाले बैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। आज पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
सो निर्वाचन क्षेत्रबाट रास्वपाका रवि लामिछानेले चुनाव लड्ने तयारी गरेको सन्दर्भमा जनमोर्चाले सोविरुद्ध उम्मेदवारी दिने तयारी गरेको हो ।
‘चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको स्वतन्त्र पार्टीको भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई सङ्घर्षको महत्वपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र बुझाउन जाँदा पनि जनमोर्चाले लामिछानेलाई गृहमन्त्रीमा नियुक्त नगरेर देशको साबभौम सत्ता र अखण्डता जोगाएको भन्दै जनमोर्चाले धन्यबाद ज्ञापन गरेको थियाे । लामिछानेको गृहमन्त्रीमा पुर्नबहाली हुन नसकेको खुसि ब्यक्त गर्दै आएको जनमोर्चाले उनको बिरुद्धमा उम्मेदवारी दिने निर्णय गरेको हो । जनमोर्चाको सो निर्णयसँगै औपचारिक रुपमा चितवन– २मा उम्मेदवारी दिने पहिलो राजनीतिक दल पनि भएको छ ।
चितवन– २मा उम्मेदवारी दिने निर्णय लिए पनि सो पार्टीवाट को उम्मेदवार हुने त्यो भने जनमोर्चाले सार्वजनिक गरेको छैन ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend