Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पूर्वमन्त्री श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो


    मंगलबार, फाल्गुन ९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नागरिक अगुवा तथा पूर्वमन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठको आज अन्तिम बिदाइ गरिएको छ । पशुपतिस्थित आर्यघाटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र परराष्ट्र मन्त्री विमला राईले दिवंगत श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

    डा. श्रेष्ठको उपचारका क्रममा सोमबार बिहान सवा ४ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको थियो।

    दम र छातीको सङ्क्रमण कारण श्रेष्ठको मृत्यु भएको बताइएको छ । मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।

    विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा श्रेष्ठ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार