Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपाल भन्छन्- देउवा–प्रचण्ड चुनावअघि राष्ट्रपति हाम्रो पार्टीलाई दिन सहमत थिए


    मंगलबार, फाल्गुन ९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • दाङ। पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति निर्वाचनको मिति नजिकिइरहेको बेला, राष्ट्रपतिका लागि आएको प्रस्तावबारे केही नसोचेको बताएका छन् । आज दाङका सञ्चारकर्मीहरूसँग कुरा गर्दै चाहाना राख्नु एउटा कुरा भए पनि त्यसबारे आफू र आफ्नो पार्टीले केही सोचिसकेको अवस्था नरहेको बताएका हुन् । त्यस क्रममा उनले पावर सेयरिङका सवालमा आफ्नो पार्टीको भूमिका हुनुपर्ने बताए ।

    ‘चाहना राख्ने कुरा बेग्लै हो, मैले पनि के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन’, उनले भने, ‘हाम्रो पार्टीको धारणा पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । पावर सेयरिङमा भूमिका नभएर सधैँभरी अरूको निम्तीमात्रै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा हुन सक्दैन ।’

    नेता नेपालले देशको हित गर्ने सन्दर्भमा सबै गम्भीर हुनुपर्ने बताए । ‘संविधान र गणतन्त्रको रक्षाका लागि सजग हुनुपर्ने र गणतन्त्र जोगाउने कुरा अहिलेको आवश्यकता हो । तर हाम्रोतर्फबाट राजनीतिक मूल्यमान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता सम्भव छैन ।

    उनले राष्ट्रपतिबारे चुनावअघि कांग्रेस र माओवादीसँग कुरा भएको भन्दै त्यस बेला आफूहरूले नाम अघि सारेको र त्यसमा देउवा र प्रचण्ड दुवैले सहमति जनाएको दाबी गरे ।

    यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार