Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • शेखर कोइराला भन्छन्- कांग्रेसले दल बाहिरका व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्छ


    मंगलबार, फाल्गुन ९ २०७९
    3.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिन्धुली। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति निर्वाचनको मिति नजिकिइरहेको बेला, कांग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।

    सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा आज मंगलबार बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सो धारणा सार्वजनिक गरेका हुन् ।

    सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैरदलीय व्यक्ति हुनुपर्ने बताएका हुन् । राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउँदै उनले त्यस्तो सम्भावना कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने समेत बताए ।

    यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार