Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विमानस्थलमा अध्यागमनको सर्भर आज पनि चलेन, यात्रुको बिचल्ली


    मंगलबार, फाल्गुन ९ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर आज पनि डाउन हुँदा हवाई उडान अहिले प्रभावित भएको छ

    हिजो सोमबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म भएको सर्भर डाउनको समस्या आज बिहान ९ बजे पुनः दोहोरिएको छ ।

    सर्भर डाउनका कारण विमानस्थलको आगमन र प्रस्थान दुबैतर्फ गरेर अध्यागमनममा झण्डै सात सय जना यात्रु प्रतिक्षाको लाइनमा देखिन्छन् । हिजो दिउँसो पनि त्यस्तै समस्या उत्पन्न भएकाले तीन घण्टासम्म यात्रुको बिचल्ली भएको हो ।

    पछिल्लो एक महिनामा विमानस्थलमा भएको यो चौथो सर्भर डाउनको समस्या हो । नियमितझैँ कम्प्युटर सर्भरमा समस्या उत्पन्न भएपछि विमानस्थल र यात्रुको सुरक्षामाथि नै प्रश्न चिन्ह उठेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार