काठमाडौं । आगामी राष्ट्रपतिको विषयलाई आ लिएर सत्ता गठबन्धन भत्कने अवस्थामा पुगेको छ । सत्ता साझेदारको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी गर्दै आएको राष्ट्रपतिमा सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) ले सहयोग नगर्ने भएपछि गठबन्धन फुट्ने संकेत देखिएको हो ।
सत्ता गठबन्धनमा राष्ट्रपतिका विषयमा कुनै सहमति नभएको माओवादीका नेताहरूले बताइरहँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भने राजनीतिक सहमतिअनुसार राज्यका शक्ति बाँडफाँट गरिएकाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने अडान राख्दै आएको छ ।
एक हप्तादेखि साझा सहमतिको राष्ट्रपतिको एजेन्डा उठाएका प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक सोमबार पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिए । यसलाई सत्ता साझेदार दल एमालेलाई राष्ट्रपति नदिने रणनीतिको रूपमा एमालेले लिएको छ ।
राष्ट्रपति एमालेले उठाएको व्यक्ति नै हुने भन्दै एमाले नेता सूर्य थापाले भने, ‘यदि माओवादीले विगतका राजनीतिक सहमति कार्यान्वयन नगरेर एमालेलाई धोका दियो भने उसले पनि ठूलै मूल्य चुकाउनु पर्छ । हामी सरकारमा रहँदैनौं, सरकार ढल्छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend