काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । राष्ट्रपतिका बारेमा राजनीतिक दलहरु बिच घम्साघम्सी परिरहेको बेला माओवादी केन्द्रले बोलाएको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको हो ।
२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएको छ । माओवादीको यो धारणाले सत्ता सहयात्री दल नेकपा एमाले झस्किएको छ । नेपाली कांग्रेसका कतिपय नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार निर्वाचित हुने बताउँदै आएका छन् ।
बैठक अघि सो पार्टीका महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति ‘कुनै दल विशेषको नहुने’ भन्ने धारणा राखे पछि माओवादीको स्थीति प्रकट भएको छ । सोही विषयलाई लिएर पोखरामा अध्यक्ष प्रचण्डले १२ बुदेँ समझदारी गर्ने दलहरु एकै ठाउँमा उभिनु पर्ने बताए पछि एमालेको प्रस्तावमा राष्ट्रपति हुने भन्ने विषय झन अन्यौल हुन पुगेको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend