काठमाडौँ। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी क्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ । आज सोमबार भएको खेलमा स्टकल्यान्डले नामिबियालाई ४३ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबियाले ३८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १७८ रन बनायो ।
नामिबियाका लागि लोहार्ड लोहारेन्सले ५२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान ग्रेहार्ड इरास्मसले ४३ रन बनाउँदा जेन ग्रिनले २५ रनको योगदान गरे ।
नामिबियाका रुबेन ट्रम्पलम्यान र शन फुचेले समान १०/१० रन बनाए स्कटल्याण्डका लागि मार्क वाटले चार विकेट लिए । त्यस्तै माईकल लिस्कले तीन विकेट लिँदा ब्राण्डन म्याकमुलानले दुई विकेटको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ४८ ओभर ४ बलमा अल आउट हुँदै २२१ रन बनाएको थियो । स्कटल्यान्डका लागि क्रिटोफर म्याकब्रिडले सर्वाधिक ४७ रनको योगदान गरे ।
त्यस्तै टमस म्याकिन्टोसले ३४ बनाउँदा कप्तान रिचि बेरिङ्टनले ३२ जोडे । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक पाँच विकेट लिए । उनले ९ ओभर ४ बल बलिङ गर्दै ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्नी लुङ्मिनीले २ विकेट लिए ।
यसैगरी जितसँगै विश्वकप लिग टू मा स्कटल्याण्ड ३५ खेलमा २३ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया ३४ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend