काठमाडौं। स्पट फिक्सिङको आरोपमा पक्राउ परेका क्रिकेटर तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकीर्तिमानी खेलाडी महबुब आलमले टी–२० लिगमा स्पट फिक्सिङका लागि दुई जना खेलाडीसँग अप्रोच गरेको स्वीकारेका छन् ।
सरकारी वकिलको रोहवरमा प्रहरीलाई दिएको बयानमा आलमले त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिगमा दुई जना खेलाडीलाई आफूले फिक्सिङका लागि प्रस्ताव राखे पनि उनीहरुले अस्वीकार गरेको बयानका क्रममा बताएका छन् ।
आफ्नो छिमेकी रवि माझीले पोखरा एभेन्जर्सका एक जना खेलाडी र फार वेष्ट युनाइटेडका अर्का एक खेलाडीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाएर आउट भए अथवा बलिङ गर्दा एक ओभरमा विपक्षीलाई १० भन्दा बढी रन बनाउन दिए नेपाली ६ लाख रुपैयाँ दिने प्रस्ताव राखेको आलमको भनाइ छ । माझीले खेलाडीको काम हुनसाथ पैसा उपलब्ध हुने बताएको उनले भनेका छन् ।
‘त्यसअनुसार भन्दा एकजनाले मबाट यो काम हुँदै भन्ने जवाफ दिए, मैले उनलाई पैसा राम्रो दिएको भएर कुरा गरेको, बाँकी ६ म्याचको प्रति म्याच ६ लाखको दरले ३६ लाख हुने म्यासेन्जरमा बताएको थिएँ’, उनले भनेका छन्, ‘मलाई पनि प्रति म्याच २ लाख रुपैयाँ दिने बताएर खेलाडीसँग सम्पर्क गर्न भनिएको थियो ।’
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend