Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेशी स्थगित


    सोमबार, फाल्गुन ८ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। किशोरी बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको काठमाडौँ जिल्ला अदालतको पेशी आज सोमबार पनि स्थगित भएको छ।

    न्यायाधीश उपस्थित हुन नसकेपछि पेशी स्थगित भएको सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जानकारी दिए।

    सन्दीपको मुद्दा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा परेको थियो। उनको मुद्दा नवौं नम्बरमा रहेको भए पनि न्यायाधीश अनुपस्थित रहने भएपछि पेशी स्थगित भएको हो।

    सन्दीपको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। सन्दीपले पुनरावेदन गरेपछि पाटन उच्च अदालते उनलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार