Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्पट फिक्सिङ आरोपमा ५ जनाविरुद्ध मुद्दा दर्ता


    सोमबार, फाल्गुन ८ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। स्पट फिक्सिङ गरेको आरोपमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

    काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९–२७ सम्म भएको नेपाली टी–२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार