Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागारबाट रिहा भए


    आइतबार, फाल्गुन ७ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • धनगढी। कैलाली– २ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा भएका छन्। नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य चौधरी आज आइतबार रिहा भएका हुन्। ट्र्याक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि उनीआज रिहा भएका हुन ।

    राष्ट्रपति भण्डारीले आज प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन्। सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको छ ।

    कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको जानकारी दिए ।

    यस्तै,२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

    एक दशक अगाडीका सो मुद्धा अनुसार छ महिना कैद भुक्तान नगरेको भन्दै सासद चौधरीलाई गत १९ माघमा प्रहरीले उनलाइ पक्राउ गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार