काठमाडौं । तेह्रथुमको आठराईमा यही फागुन १७ गतेदेखी ऐतिहाँसिक पहिलो गाउँपालिका अध्यक्ष कप रनिङ प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वडा नं २ स्थीत पर्यटकीय स्थल झाँक्री गुफामा प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ । सांस्कृतिक कार्यक्रम साथमा विभीन्न प्रतियोगिता सञ्चालन हुने भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए ।
प्रतियोगितमा खुल्ला पुरुष तथा फुटबल ,खुल्ला प्रुष भलिबल,सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य र धान त्यस्तै ब्याडमिन्टन डब्बल र माध्यमिक बिद्यालय स्तरीय कविता वाचन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पुरुष तर्फ विजेताले नगद १ लाख ५० हजार ट्रफी मेडल प्रमाणपत्र र ३ बर्षे रनिङ कप प्राप्त गर्ने भएको छ । त्यस्तै दोश्रो उपविजेताले १ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।
महिला तर्फ फुटबलमा विजेताले ६० हजार ट्रफी मेडल प्रमाणपत्र र ३ बर्षे रनिङप पाउने भएका छन् । उपविेजेताले ४० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने भएका छन । त्यस्तै खुल्ला पूरुष भलिबल प्रतियोगितामा विजेताले नगद ८० हजार ट्रफी मेडल प्रमाणपत्र र ३ बर्षे रनिङ कप प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र पाउने भएका छन् ।
सांस्कृतिक कार्यक्रममा प्रथम हुनेले नगद १५ हजार प्रमाणपत्र दोश्रो हुनेले नगद १० हजार प्रमाणपत्र र तेश्रो हुनेले नगद ५ हजार पाउने भएका छन् । त्यस्तै धान नाच प्रतियोगितमा प्रथमले १० हजार नगद र प्रमाणपत्र र दोश्रो हुनेले नगद ८ हजार र प्रमाणपत्र पाउने भएका छन् ।
ब्याडमिन्टन तर्फ विजेताले २० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेताले १५ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने भएका छन् । माध्यमिक बिद्यालय स्तरीय कविता वाचन प्रतियोगितामा क्रमस ३ हजार २ हजार र १ हजार नगदको साथमा प्रमाणपत्र प्रथम दोश्रो र तेश्रो हुनेले पाउने छन । प्रतियोगितामा फुटबल तर्फ वेष्ट किपर,वेष्ट डिफ्रेन्स,वेष्ट प्लेयर,हाईस्कोर र भलिबल तर्फ वेष्ट सटर,वेष्ट लिफ्टरलाई पुरस्कार दिइने भएको प्रतियोगिता आगामी फागुन २४ गते सम्पन्न हुनेछ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend