काठमाडौं । डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा थप छ जना घाइते भएका छन् । घाइते हुनेमा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा,२३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएको जनाइएको छ । सामान्य घाइतेलाई उद्धारपछि घर पठाइएको छ भने गम्भीर घाइतेको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ ।
सुपप्र ०१२३००१ च ३३२९ नम्बरको जीप दुर्घटना भएको हो ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend