Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगनले भने – ‘प्रमज्यू तपाईंको गैरजिम्मेवारीपनका कारण काेभिड नियन्त्रण बाहिर जान थाल्यो’


    मंगलबार, भाद्र २ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमण फैलनुको कारण प्रधानमन्त्री केपी शर्मा ओली रहेको नेपाली कांग्रेसका युवा नेता गगन थापाले बताएका छन् । 

    उनले कोरोना भाइरस (कोभिड -१९) संक्रमणको फैलावट रोक्न पूर्व तयारी गर्ने समय,स्रोत साधन हुँदाहुँदै पनि प्रम ओलीको अहंकार,अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण अहिलेको अवस्था आएको आरोप लगाएका छन् । 

    उनले आज प्रधानमन्त्रीका नाममा आठ पेजको ध्यानाकर्षण पत्र लेख्दै कोरोना संक्रमण नियन्त्रणका लागि सुझावहरु समेत दिएका छन् ।

    gagan.jpg

    यसका लागि उनले पछिल्लो समय संक्रमितको संख्या बढिरहेको काठमाडौं उपत्यकासहितका ‘हटस्पट’ हरुमा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न माग गरे । अहिलेको अवस्था थप जटिल हुन नदिनका लागि अवागमन पूर्णरुपमा बन्द गर्नुपर्ने र  अत्यावाश्यक सेवा बाहेकका सबै सेवाहरु रोक्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    दुई हप्ता यसरी कडा रुपमा प्रस्तु हुन सुझाव दिँदै उनले यसअघि लकडाउनको अवधिमा हेलचक्रयाँइ गरेजस्तो नगर्न आग्रह समेत गरे । उनले भने – ‘दुई हप्ताको अवधिमा पहिलाको जस्तो जनतालाई घरमा राखेर सरकार बालुवाटारमा नसुतोस् । सम्भाव्य जोखिमको आँकलन गरेर युद्धस्तरमा अस्पताल केन्द्रित लगायतका सम्पूर्ण तयारी यसै समयमा गर्नुहोस् । दुई हप्तापछि जनजीवन सहज बनाउन सक्ने गरी गर्नुपर्ने काम यो अवधमिा गर्नुहोस् ।’ 

    यस्तो छ नेता थापाले जारी गरेको ध्यानाकर्षण पत्रको पूर्णपाठ

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार