Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना मुक्त भइ डिस्चार्ज भएका भारतीय गृहमन्त्री शाह पुन: अस्पताल भर्ना


    मंगलबार, भाद्र २ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना भएका छन् । गृहमन्त्री शाह सोमबार रातl नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका हुन् । 

    यसअघि कोरोना भाइरसबाट संक्रमित भएका उनी उपचारपछि निको भइ अस्पतालबाट डिस्चार्ज भएका थिए । उनी पछिल्लो  दुई सातादेखि अस्पतालको आइसोलेसनमा थिए । गत साता उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

    डिस्चार्ज भएपनि घरमै बस्न डाक्टरले सुझाव दिएका थिए । सोहीकारण उनी घरमा नै बसेका थिए । 

    डिस्चार्ज भइ घर फर्किएका उनलाई असहज महसुस हुनुको साथै जिउ दुख्ने लगायतको समस्या भएसँगै उनलाई पुन: अस्पताल भर्ना गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

    शाहमा कोरोना देखिनुअघि उनी क्याबिनेटको मिटिङमा सहभागी भएका थिए । उनी सहभागी मिटिङ अन्य मन्त्रीहरु समेत थिए । तर सो मिटिङमा सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गरिएको बताइन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार