Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लिस्कको सतकमा स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष्य दियो


    शुक्रबार, फाल्गुन ५ २०७९
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाललाई स्कटल्याण्डले २७५ रनको लक्ष्य दिएको छ । माइकल लिस्कको सतक प्रेरित आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रनको योगफल तयार पार्यो ।

    बलिङमा गरेको राम्रो सुरुआतलाई निरन्तरता दिन नसक्दा नेपालले चुनौतिपूर्ण योगफल पाएको हो । २४ओभरको समाप्तिमा १ सय १० रन जोडेर ५ विकेट गुमाएको स्कटल्यान्डका लेस्कले सातौं विकेटका लागि ज्याक हार्भिससँग ८१ रनको साझेदारी गर्दै ८५ बलमा ९ छक्का र ३ चौकासहित सर्वाधिक १ सय ७ रनको अविजित इनिङ खेले । जार्भिस २६ रन जोडेर आउट भए ।

    पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । भने, स्कटल्यान्डले नामिबियालाई १० विकेटले पराजित गरेको थियो

    यस्तै, ओपनर क्रिस्टोफर म्याकब्रिज २२ रनमा आउट हुँदा, कप्तान रिची बेरिङटन र थोमस माकिन्टोस समान १९ रन जोडेर पभेलियन फर्किएका थिए । ब्राडन म्याकम्युलेन २६ बलमा २२ रन र क्रिस ग्रेभिस १६ रनमा आउट भए । मार्क वाट २० रनमा आउट भए ।

    साथै नेपालको बलिङमा सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । उनले १० ओभरमा २७ रन खर्चिए । कुशल मल्ले ९ ओभरमा एक मेडन राख्दै ४९ रन खर्चिए २ विकेट लिए भने, सोमपाल कामी, कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले समान एकरएक विकेट लिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार