Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • प्रतितोला २२ सयले बढ्यो सुन, फेरि १ लाख कट्यो


    मंगलबार, भाद्र २ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । लगातार २ दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो ।

    सोमबार ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज २२ सयले बढेर प्रतितोला १ लाख ४ सय रुपैयाँ निर्धारण गरिएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

    सोमबार १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार