Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजना पक्राउ


    शुक्रबार, फाल्गुन ५ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालले आज त्रिवी क्रिकेट मैदानमा पाहुना टिम स्कटल्यान्डविरुद्ध आईसीसी विश्वकप लिग २ को खेलमा सामना गरिरहेको छ। त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ । सोही क्रममा काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी उक्त खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का एसपी सन्जय सिंह थापाले सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

    त्रिवि मैदानमा खटिएका प्रहरीहरुले नै एक व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय तत्काल भने खुलाएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार