Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० लाख लुटपाट प्रकरणः हुन्डी कारोबारी अग्रवाललाई जोगाउने प्रहरीमाथि छानबिन होला ?


    मंगलबार, भाद्र २ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । हुन्डी कारोबारी विकास अग्रवालले न्यूरोडको समृद्ध बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ असार ७ गते ४० लाख रुपैयाँ सुन खरिदकै निकालेको खुलेको छ ।

    सहकारीबाट पैसा निकालेर लाने क्रममा हुन्डी कारोबारी विकास अग्रवालको १० लाख रकम घुमुवा प्रहरी हवल्दार धिरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दले लुटेको आरोपमा प्रहरीले उनीहरुबिरुद्ध जिल्ला अदालतमा डकैती मुद्दा दायर गरिसकेको छ । हुन्डी कारोबारी विकासले उक्त रकम पनि सुन खरिदकै लागि निकालेको स्रोत बताउँछ । स्रोतका अनुसार २०७७ असार १३ मा कमलपोखरीमा गाडीबाट फालिएको १५ किलो नक्कली सुन प्रकरणको छानबिन गर्दै जाँदा त्यसका मुख्य दोषी इल्ताफ अन्सारी भएको खुल्यो ।

    भारतीय नागरिक निलेश सखिया र संजीव पटेलले विकास अग्रवाललाई हुन्डीमार्फत् ७ करोड हालसालै पठाएको खुलेपछि सहकारीबाट निकालेको रकम समेत सुन खरिदकै लागि पठाएको हुनसक्ने आशंका गर्ने ठाउँ पर्याप्त दिएको छ । नेपालमा जलप लगाएर नक्कली नोट र सुनको कारोबार गर्नेहरुसँग विकास अग्रवालको कनेक्सन देखिएपछि प्रहरीले उनलाई पक्राउ नगरी भगाउने काम गरेको आरोप छ । समृद्ध बचत तथा ऋण सहकारी संस्थाबाट हुन्डीको रकम लिएर जाँदा अग्रवालको १० लाख लुटपाट भएको आरोपमा प्रहरी हवल्दार धिरेन्द्र बिष्ट र जवान विक्रम चन्द पक्राउ परेका थिए ।

     पक्राउ परेका सबैबिरुद्ध विकास अग्रवालको १० लाख डकैती गरेको आरोपमा मुद्दा दायर गरेको छ । तर हुन्डी कारोबारी अग्रवाललाई जोगाउने काम गर्यो । हुन्डी कारोबारी अग्रवालको छानबिनका लागि राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइएन । उल्टै तिनै हुन्डी कारोबारीलाई निवेदक बनाई प्रहरी र सूचना दिने २२ बर्षीय सौरभ अधिकारी र रेणु श्रेष्ठलाई डकैती मुद्दा चलाइएको छ । विकास अग्रवाल जस्ता हुन्डी कारोबारमा लामो समयदेखि संलग्नलाई जोगाउने र प्रहरीदेखि सूचना दिनेलाई फसाउने कार्यमा जनसेवा प्रहरी बृत्तका प्रहरी सहायक निरीक्षक(असई) सूर्य केसी, डीएसपी सुनिलजंग शाह र काठमाडौं परिसरका डीएसपी देवी पौडेल लागेकाले प्रहरी प्रधान कार्यालयले यसबारेमा छानबिन गरिरहेको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार