Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलामी युवक महाकालीमा बेपत्ता


    सोमबार, भाद्र १ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कन्चनपुर । मलाम गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने आफन्तको आज मलाम गएका वेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय जनक साउद महाकालीमा बेपत्ता भएका हुन् ।

     अन्तिम संस्कारमा सहभागी भई नुहाउन जाँदा  उनी नदीको वहाबमा परी बगेका हुन् । ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बेपत्ता साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

    बिहान करीब ९ बजे बेपत्ता भएका साउदको खोजी  जारी रहेको सीमाचौकी ब्रह्मदेवका प्रहरी नायब निरीक्षक जनकराज जोशीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार