Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस सांसद दिब्यमणीद्वारा ‘सय दिनमा हजार भेन्टिलेटर अभियान’लाई  १ लाख सहयोग


    सोमबार, भाद्र १ २०७७
    5.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कोरोना भाइरसलाई निर्मुल पार्ने उद्देश्यले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका सांसद दिब्यमणी राजभण्डारीले एक लाख रुपयाँ सहयोग गरेका छन्।

    नेपाल भेन्टिलेटर सर्भिसले संचालन गरेको सय दिनमा एक हजार भेन्टिलेटर अभियानलाई उनले एक लाख रुपयाँ सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् । कोरोनाको महामारी बढ्दै गएको र संक्रमितले उपचार नपाउने दुखद अवस्था रहेको भन्दै उनले आफुले पाउने पारिश्रमिकबाट १ लाख रुपैयाँ सहयोग गरेका हुन् । ‘कोरोना महामारी बढ्दै जाँदा संक्रमितहरुले उपचार नपाउने अवस्था आउनु दुखद हो ।

    संक्रमणको कारण गम्भीर बिरामी परेका व्यक्तिहरुलाई कृत्रिम स्वासप्रश्वासको आवश्यक्ता पुरा गर्न यो अभियान सहयोगी हुने बिश्वास लिएको छु’ सहयोग रकम हस्तान्तरण गर्दै सांसद राजभण्डारीले भने, ‘अस्पतालहरुमा आवश्यक्ता भन्दा अति नै कम भेन्टिलेटर भएको कारण गम्भीर बिरामीले समेत प्रयोग गर्न अभाव देखिएको छ ।’
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार