Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जापानका प्रधानमन्त्री अस्पताल भर्ना


    सोमबार, भाद्र १ २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जाे आवे अस्पताल भर्ना भएका छन् । उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

    पूर्वअर्थमन्त्री अकिरा अमारीले एउटा टिभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट उनी अस्पताल गएका हुन् । क्योदो समाचार संस्थाले उनी राजधानी टोकियोस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना भएका जनाएको छ ।

    प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने उनले चेतावनी दिएका छन् । तर उनकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार