पर्सा । हुण्डी काराेबारमा संलग्न एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ। स्रोत नखुलेको तीन लाख रुपैयाँसहित पर्साकाे छिपहरमाई गाउँपालिका-२ चरगाहा बस्ने ३५ वर्षीय सतेन्द्र साह गुप्ता पक्राउ परेका हुन्।
ना.६५ प १७८१ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा प्रहरीले उनलाई अाइतबार बिहान १० बजे चरगाहाबाट नियन्त्रणमा लिएको थियो । अवैध वित्तीय कारोबार(हुण्डी)को रकम लिएर आउँदै गरेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी टिहुकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।
उनको साथबाट स्रोत खुल्न नसकेको ३ लाख ८ सय ५० रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।उनका अनुसार हुण्डीको रकमसहित गुप्तालाई पक्राउ परेका हुन्।