Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यातायात कार्यालयको सेवा भदौ कहिले सम्म बन्द?


    सोमबार, भाद्र १ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेश अन्तर्गतका यातायात कार्यालयको सेवा २ साताकाे लागि बन्द गरिएकाे छ। भदौ २ गतेदेखि भदौ १६ गतेसम्म बन्द हुने जानकारी कार्यालयले सूचना जारी गरी दिएकाे छ। काेराेना भाइरसकाे बढ्दो प्रकोपका कारण यातायात कार्यालयबाट दिँदै आएको सेवा बन्द गर्नु परेको यातायात व्यवस्था कार्यालयले जनाएकाे छ ।

    सवारी चालक अनुमति पत्र, लाइसेन्स, रुट परमिट लगायतको सेवा बन्द रहे पनि अत्यावश्यक सेवा (लाइसेन्स भेरिफिकेसन) भने सुचारु नै रहने बताइएकाे छ । लकडाउन खुकुलो भएसँगै यातायात कार्यालयले असार १ गतेदेखि सेवा सुरु गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार