Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री पुनले भने- विद्युतीय गाडीमा भएको कर वृद्धिमा पुनर्विचार हुन्छ


    सोमबार, भाद्र १ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विद्युतीय गाडीमा भएको कर वृद्धिमा पुर्नविचार हुने भएको छ ।

    सोमबार विद्युत प्राधिकरण (एनईए)को ३५औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उर्जामन्त्री वर्षमान पुनले विद्युतीय गाडी भएको कर वृद्धिको सम्बन्धमा मन्त्रालयगत रुपमा छलफल भइरहेको जानकारी दिए ।

    विद्युतीय उर्जाको उत्पादन बढिरहेको अवस्थामा बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न नहुने भन्दै सरकारले सो बारे पुनर्विचार गर्ने भएको हो । 

    यसअघि सरकारले विद्युतीय गाडीमा ९० प्रतिशत सम्म सहुलियत दिइरहेको अवस्थामा चालू आर्थिक वर्ष २०७७/७८ को बजेटले कर वृद्धि गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार